२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो ।

‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त ट्राभल मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ ।

मार्टमा नेपालका पर्यटनसँग सम्बन्धी संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एशोसिएसनका प्रतिनिधि, नेसनल टुरिजम काउन्सिलका प्रतिनिधिलगायतको सहभागिता रहने नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

लुम्बिनीको होटल पवन प्यालेसमा हुने उक्त मार्टमा नेपाल र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन र सम्भावनाबारे प्रस्तुतीकरणका साथै ‘वि टु वि’ बैठक हुने अध्यक्ष थापाले बताउनुभयो । उक्त मार्टमा देश र विदेशका दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ भने उक्त मार्ट सम्पन्न गर्नका लागि रु एक करोड ६० लाख हाराहारीमा खर्च हुने आयोजकले जनाएको छ ।

तीन दिनसम्म चल्ने मार्टको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाएको छ । रासस