२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुकुचालाई खोलाकै रुपमा फर्काउन बालेनले सुरु गरे कानुनी प्रक्रिया



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउण्डमुनी भेटिएको टुकुचा ढल नभइ खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुलारुपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले कानुनी प्रक्रिया सुरु गरेको छ ।

अदालतको फैसलामा टुकुचा खोलाको क्षेत्राधिकार (राइट अफ वे) भित्र पर्ने जग्गा व्यक्ति विशेषका नाममा दर्ता कायम रहन नसक्ने र जग्गामा निजी तवरमा निर्मित भौतिक संरचनासमेत स्वतः वैध हुने उल्लेख भएको भन्दै महानगर प्रवक्ता नवीन मानन्धरले खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सोमबार पत्राचार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मालपोत ऐन २०३४ को दफा २४ को प्रयोजनार्थ महानगरको प्रमुखस्तरीय निर्णयले मन्त्रालयमा पत्राचार गरिएको हो । मन्त्रालयलाई लेखिएको पत्रलाई उद्दत गर्दै प्रवक्ता मानन्धरले हात्तीसार क्षेत्रमा टुकुचार खोला र खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषका नाममा दर्ता कायम रहन भएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषका नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी आवश्यक कारबाहीको माग गरिएको छ ।

सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको अवस्थामा त्यस्ता दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोल कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको बताउँदै उहाँले सोही ऐनका आधारमा महानगरले मन्त्रालयलाई पत्राचार गरेको उहाँले स्पष्ट पार्नुभयो । यो समाचारका आजको गोरखापत्रमा प्रकाशित छ ।

२०६५ मंसिर १ गतेको मन्त्रिपरिषदको बैठकले समेत खोला, खोल्सी र राजकुलो छोप्न बदेज लगाएको प्रवक्ता मानन्धरको भनाइ छ । त्यसैगरी बैठकले ोलाको बहाव क्षेत्र र सोको दायाँबायाँ चार मिटरका दरले जग्गामाथि कुनै भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोक्ने निर्णय गरेको थियो ।

काठमाडौँ महानगरपालिकाले गत भदौ ३० गते दरबारमार्गस्थित जय नेपाल हलको सिनेमाघरको कम्पाउण्ड खोतल्दा टुकुचा खोला भेटिएको थियो ।




भर्खरै