• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

‘ए’ डिभिजन लिग: मनाङ र पुलिस बराबरीमा रोकिए



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन् ।

सोमबार एन्फा कम्पेल्क्स सातदोबाटोमा भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको बराबरी खेल खेल्दै अंक बाडेका हुन् ।

मनाङका लागि रोशन राना मगरले ३३ औं मिनेटमा गोल गरेका थिए । यस्तै, सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरे ।

पुलिसका लागि दुबै गोल अहमद हिजाजीले गरे । उनले खेलको १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए ।

मनाङ १६ खेलमा २० अंकसहित अंकतालिको आठौं स्थानमा यथाबत रहेको छ भने पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा रहेको छ ।