२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दही बेचेरै फेरिएको हरिप्रसादको जीवनशैली



फाईल फोटो
अ+ अ-

घोराही । देउखुरी क्षेत्रका किसानले उत्पादन गरेको दही बिक्री गर्न घोराही, तुल्सीपुर, लमही, भालुवाङलगायत बजारसम्म पुग्ने गर्दछन् । भैँसी पालन व्यवसाय गर्दै आएका अधिकांश यहाँका किसानले यसरी नै आफनो जीविकोपार्जन गर्दै आएका हुन् । राजपुर गाउँपालिका–३ खरदरियाका हरिप्रसाद यादवको दिन पनि भैँसी पालन व्यवसायमै बित्ने गरेको छ ।

छयालीस वर्षीय उहाँ बेलुकाको दूधबाट दही बनाएर विभिन्न ठाउँमा बिक्री गर्न जाने र प्रतिलिटर रु ९० सम्म बेच्ने गरेको बताउनुुहन्छ । आफूले उत्पादन गरेको दही सबैले रुचाउने भएकाले बिक्री गर्न समस्या नहुने यादवको भनाइ छ । दैनिक २० लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक रु ५० हजारसम्म आम्दानी उहाँ बताउनुहुन्छ ।

“गाउँमा सबैको घरमा भैँसी हुन्छन् । त्यसैले गाउँमा दही बिक्री हुँदैन”, यादव भन्नुहुन्छ,“राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेको छु । बजारमा दही राम्रो बिक्री हुने गरेको छ ।”

बजारमा पुर्‍यायो भने दहीको भाउ राम्रो आउने भएकाले पनि राजपुरका अधिकांश पशुपालक किसान घोराही, लमही, भालुवाङसम्म पुग्ने गरेका छन् । यसरी कमाइएको पैसाले छोराछोरीको पढाइखर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउनुहुन्छ ।

देउखुरीको बजार सानो भएको र गाउँमा दही बिक्री नहुँदा दिनहुँ राजपुरबाट घोराहीसम्म दही बिक्रीका लागि आउने गरेको उहाँको भनाइ छ । यादव मात्रै होइन देउखुरी र राजपुर क्षेत्रमा उत्पादित दही बिक्रीका लागि देउखुरीको गढवा, लमही र भालुवाङ बजारसँगै दाङ घोराही र तुलसीपुरसम्म आउने गरेका छन् । देउखुरीका तुलनामा घोराही र तुलसीपुरमा दहीको बढी माग हुने गरेको छ। व्यावसायिक भैँसीपालनका लागि जिल्लामै पकेट क्षेत्रका रुपमा रहेको खरदरियाका अधिकासं बासिन्दाले दुईदेखि १० वटासम्म भैसी पाल्न गरेका छन् ।

राजपुर गाउँपालिका–३ खरदरीयामा मात्रै भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आवद्ध छन् । किसानहरुले भैँसीको दूध डेरीले ल्याउने गरेको छ । डेरी घरमै गएर कम मूल्यमा दूध किन्ने गरेकाले केही किसानले भने दही तथा दूध बिक्रीका लागि जिल्लाका विभिन्न बजारसम्म पुग्ने गरेको खरदरियाका अर्का किसान देवप्रसाद यादव बताउनुहुन्छ ।

“भैँसीको दूध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन् । बिक्रीका लागि कुनै समस्या छैन,” उहाँ भन्नुहुन्छ, “ तर आफै बजारसम्म लगेर बिक्री गर्दा डेरीवालाले लग्नेभन्दा केही रुपैया महँगोमा बिक्री गर्न सकिन्छ।” दही व्यावसायिकरुपमा जिल्लाका विभिन्न ठाउँमा भँैसीपालन गरिए पनि देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेको खरदरिया गाउँ भने भैँसी पालन पकेट क्षेत्रका रुपमा विस्तार भएको छ । रासस