• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

पूर्वसांसद ढाकाकुमारलाई कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश



काठमाडौँ । पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

पूर्वसांसद श्रेष्ठले आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उहाँले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मन्त्री हुनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।