५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ बैंकबिच डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता



अ+ अ-

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र मुक्तिनाथ विकास बैंक बिच SCT-UPI डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको हो ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हाल ५ बाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनि र १५० भन्दा बढी सहकारीहरूले SCT-UPI डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन्। यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहक महानुभावहरूले SCT-UPI डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, Union Pay International  प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा ATM, POS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने छन ।