• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ



कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसा:) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए ।

कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंग:थाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा(कन्या कुमारी) को प्रतिमूर्ति हटाइएपछि विवाद समाधान भएको बताइएको छ । रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको उक्त स्थानमा गत मङ्सिरमा ती मूर्ति स्थापना गरिएको थियो ।

तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भन्दै सो कार्यलार्ई ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायतका गुठीले विरोध गरेका थिए । ती मूर्ति नहटाएसम्म हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ कीर्तिपुरका महिलाले तानेर लैजाने चलनलाई यसपटक निरन्तरता नदिने अडान उनीहरुको थियो ।

यसैगरी रथ तान्नुभन्दा चार दिनअघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यां:गथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या) प्रसाद ग्रहण गराउने परम्परा पनि मूर्ति नहटाएसम्म निरन्तरता दिन नसकिनेसमेत सङ्घहरुको अडान थियो । सुखी गँछेले भने मूर्तिको सम्मानजनक स्थानान्तरण हुनुपर्ने जनाउँदै छलफलबाट समस्या समाधान गर्न माग गर्दै आएको थियो ।

विवादका कारण कीर्तिपुरको शक्तिपिठ मानिने प्यँग:थां र आसन्न रातो मच्छिन्द्रनाथको भोटे जात्राबीचको परम्परागत सम्बन्ध तोडिने अवस्थामा पुगेको थियो । रातो मच्छिन्द्रनाथ तन्त्र साधनाका देवता भएको र याक मिसा जीवित देवी भएकाले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उनीहरुले जनाएका थिए ।

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंग: थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ उक्त मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि पनि विवाद उत्पन्न भइरहेपछि स्थानीयले मूर्र्ति हटाइ परम्परालाई निरन्तरता दिन माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । रासस