१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा महोत्सव समापन, करिब आठ करोडको कारोबार



अ+ अ-

पाल्पाः पाल्पामा सञ्चालन भएको महोत्सव सम्पन्न भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा गत वैशाख १४ गते देखि सुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।

दश दिनसम्म चलेको महोत्सवमा करिब रु आठ करोड बराबरको कारोबार भएको तथा करिब तीन लाख दर्शकले मेला अवलोकन गरेको सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । स्थानीय उत्पादन, कृषि, घरेलु, पाल्पाली ढाकालगायतका विभिन्न वस्तु मेलाको आकर्षण थिए ।

यहाँ सञ्चालन भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार समापन गर्दै निजी क्षेत्र र सरकार एकापसमा मिलेर काम गर्नुपर्ने बताउनुभयो । अहिले देश चरम आर्थिक सङ्कटमा गुज्रिएकाले आर्थिक चलायमान गर्न, व्यापार व्यावसाय बढाउन निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने उहाँको जोड थियो ।

“मेला महोत्सवबाट आर्थिक चलायमान हुने, स्थानीय उत्पादनहरू बिक्री वितरणमा टेवा पुग्ने, स्थानीयस्तरका उद्योगहरू फस्टाउँदै जाने भएकाले उद्योगी व्यवसायी सङ्घसंस्थाले मात्र यस्ता अभियान सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने हुँदा मेला सञ्चालनमा उद्योग वाणिज्य सङ्घले राम्रो भूमिका खेलेको छ ।”

उहाँले अहिले देशमा उद्योग व्यवसायीभन्दा भिन्न प्रकृतिका विभिन्न क्लब सङ्घसंस्थाहरूले पनि महोत्सव गरेर व्यक्तिगत फाइदा लिने काम भइरहेकाले राज्यले यस्ता संस्थाहरूलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए पाल्पाका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफू तयार रहेको समेत ढकालले प्रतिबद्धता जनाउनुभयो ।