२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरको याङवरकमा फुलेन गुराँस



अ+ अ-

पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ ।

सीमित रुखमा मात्रै गुराँस फुल्नुका साथै फुलेका रुखमा पनि ढकमक्क गुराँस भेट्न पाइन्न । लालीगुराँस फुल्ने याङवरक–१ कै च्याङथापू बजारदेखि सीमावर्ती चिवाभञ्ज्याङसम्मका क्षेत्रमा समेत निकै कम गुराँस फुलेको छ । फालेलुङ गाउँपालिकाको फालोट क्षेत्र तथा फिदिम नगरपालिकामा पर्ने सुकेपोखरी, लोहकिल क्षेत्रमासमेत गुराँस फुलेको छैन ।

याङवरक–१ नन्दकुमार राईका अनुसार वर्ष विराएर गुराँस फुल्ने गर्दछ । यसवर्ष भने गुराँसको कोपिला लागेको समयमा असिना परेका कारण गुराँस नफुलेको हो ।

“यो वर्ष गुराँस फूल्ने वर्ष होइन्, वर्ष बिराएर गुराँस फुल्दछ”, राईले भन्नुभयो, “अलिअलि कोपिला लागेका गुँरासमा असिनाले नोक्सान गर्यो ।” गुराँस नफुल्दा पर्यटकको सङ्ख्या कम भएको राईको भनाइ छ ।

याङवरककै लक्ष्मण राईका अनुसार वातावरणीय असन्तुलनका कारण गुराँस नफुलको हो । “यो वर्ष तुलनात्मक रुपमा कम गुँरास फुल्ने पालो हो तर यति कम भने हुँदैन थियो”, राईले भन्नुभयो, “असिनाले पनि गुराँसलाई क्षति गर्‍यो ।”

गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँसकै अध्ययनमासमेत खोजकर्ता आउने गर्दछन् । प्रशस्तै गुराँस फुलेपनि पाँचथरमा पर्ने उच्च पहाडमा सीमित आन्तरिक पर्यटकले रमाइलो मात्रै गर्ने गर्दछन् । रासस