२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीमाथि एक करोडभन्दा बढी जरिवाना, तर नोक्सान भने नहुने, कसरी ?



अ+ अ-

एजेन्सी । विराट कोहली र गौतम गम्भीरबीचको विवाद क्रिकेट जगतमा धेरै दिनदेखि चर्चामा छ । मे १ मा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपरजायन्ट्सलाई १८ रनले हराएको थियो । यो खेलमा कोहली निकै आक्रामक रुपमा देखिएका थिए ।

यही कारणले खेल सकिएपछि लखनऊ सुपर जाइन्ट्सका मेन्टर गौतम गम्भीरसँग उनको विवाद भयो । तर, मामिला बढ्नुअघि नै दुवै टोलीका खेलाडीले कोहली र गम्भीरलाई अलग गरे ।

खेलपछि कोहली र गम्भीर दुवैलाई बीसीसीआईले भारी जरिवाना गरेको थियो । बीसीसीआईले जारी गरेको विज्ञप्तिमा कोहली र गंभीर लेभल २ को अपराधमा दोषी रहेको र उनीहरुलाई खेल शुल्कको १०० प्रतिशत जरिवाना गरेको बताएको छ ।

लखनउका नवीन उल हकको पनि खेलको क्रममा कोहलीसँग झगडा भएको थियो । उनलाई म्याच फीको ५० प्रतिशत जरिवाना गरिएको छ । तर, धेरै रिपोर्टले विराट कोहलीले जरिवाना तिर्न नपर्ने दाबी गरेका छन् ।

आईपीएलमा कोहलीको तलब १५ करोड भारु छ । यस्तो अवस्थामा आरसीबी टोली प्लेअफमा पुग्न सकेन भने कम्तिमा १४ खेल हुनेछन् । यस सन्दर्भमा विराटको हरेक खेलको पारिश्रमिक १ करोडभन्दा बढी छ र उनले १.०७ करोड जरिवाना तिर्नुपर्नेछ । मिडिया रिपोर्टमा यो दाबी गरिएको छ कि प्रायः फ्रेन्चाइजीले खेलाडीहरूलाई लगाइएको जरिवाना रकम तिर्ने गर्दछ ।

यो कुरा आईपीएलको नियममा कतै लेखिएको छैन, तर फ्रेन्चाइजीले खेलाडीको तलबबाट जरिवाना रकम काट्दैनन् । यस्तो अवस्थामा आरसीबीको फ्रेन्चाइजीले जरिवाना रकम तिरे पनि विराट कोहलीको तलब काट्ने छैन । समय र फ्रेन्चाइजी अनुसार परिस्थिति फरक हुन सक्छ तर अहिले मिडिया रिपोर्टमा आरसीबीसँग सम्बन्धित स्रोतले विराटलाई कुनै हानी नहुने बताएको छ ।

यससँगै गौतम गम्भीरको म्याच फीको बारेमा भने कुनै जानकारी छैन तर गम्भीरलाई लगाइएको जरिवाना पनि लखनउको फ्रेन्चाइजीले तिर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।