• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

पिएसजी छाड्दै मेस्सी



एजेन्सी । अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् ।

सिजनको अन्त्यसँगै विश्व च्याम्पियन मेस्सीले पिएसजी छाड्ने भएका हुन् । मेस्सीले अर्को वर्षको लागि नवीकरण गर्ने विकल्पको साथ सन् २०२१ मा पेरिसमा दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, क्लब आर्थिक चपेटामा परेकोले उनले नवीकरण नगर्ने भएका छन् । आर्थिक समस्याका कारण क्लबले युरोपेली खेलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरामा मेस्सी विश्वस्त छैनन् ।

उनका बुबा जर्ज मेसीले केहि हप्ता अघि पेरिस सेन्ट-जर्मेनका फुटबल सल्लाहकार लुइस क्याम्पोसलाई मेस्सीले नवीकरण नगर्ने जानकारी दिएका बताईएको छ।

मंगलबार मात्रै पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमति बिना साउदी अरब गएको उनलाई निलम्बन गरेको हो । जसका कारण मेस्सीको दुई साताको पारिश्रमिक पनि कटौती गरिएको छ । यससँगै मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनेछन् ।

बार्सिलोनाले मेस्सीलाई नोउ क्याम्पमा फर्काउन उत्सुक छन् । तर, आर्थिक मन्दीका कारण बार्सिलोनाले मेस्सीलाई घर फर्काउने सम्भावना असम्भव जस्तै देखिएको छ । बार्सिलोनाका सर्वाधिक गोलकर्ता रहेका मेस्सीले क्लबको आर्थिक समस्याकै कारण सन् २०२१ मा नोउ क्याम्प छाड्न बाध्य भएका थिए।

मेस्सीलाई अनुबन्ध गर्न मेजर लिग सकर क्लब इन्टर मियामी र साउदी अरेबियाको अल हिलालले प्रयास थालिसकेको छ ।

३५ बर्षिय मेस्सी अझै पनि युरोपेली फुटबलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दछन् । मेस्सी पाँचौपटक च्याम्पियन्स लिग जित्ने नजरमा छन् । तर, बार्सिलोना जानु असम्भव देखिन्छ ।

मेस्सीले पीएसजीका लागि ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् । यस्तै, उनले पीएसजीका लागि गत सिजन लिग १ को उपाधि पनि जितेका थिए । शीर्षस्थानमा रहेको पिएसजी ५ अंकले अघि छ । पिएसजी पछिल्लो ११ सिजनमा नवौं उपाधि जित्ने लक्ष्यमा छ ।

मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । गत डिसेम्वरमा अर्जेन्टिनाबाट विश्वकप जितेका मेस्सी आठौं पटक बालोन डिओरको दावेदार छन् ।