५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरणबारे ओली– दोषी उम्कन हुँदैन, निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौँ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताउनुभएको छ ।

सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने तर निर्दोषलाई फसाउन खोज्न नहुने बताउनुभयो ।

“नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन”, उहाँले भन्नुभयो, “दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।”

एमालेका सचिव टोपबहादुर रायमाझी पनि यो प्रकरणमा मुछिनुभएको छ । एमालेका नेताहरू पनि यो प्रकरणमा तानिएकोबारे सोधिएको प्रश्नमा ओलीले भन्नुभयो, “यो तानिएको हो कि तनाएको हो हामी अध्ययन गर्दैछौं। यो अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौन्।”

उहाँले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने बताउभयो । साथै यो प्रकरणबारे हुने छानबिनमा एमालेले सहयोग गर्ने उहाँको भनाइ थियो