२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी गिरोहको भिआइपी जालोबारे अझै गहिरोसँग अनुसन्धान हुनुपर्छ: थापा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी गिरोहको भिआइपी जालोबारे अझै गहिरोसँग अनुसन्धान हुनुपर्ने बताउनु भएको छ ।

महामन्त्री थापाले आज ट्वीट गर्दै यो घटना होइन प्रवृत्ति भएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाल सरकारका सचिवलगायत केहीलाई पक्राउ गरिसकेको छ भने केहीलाई पक्राउ गर्ने तयारीमा गरिरहेको छ।