२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी नदीमा बेपत्ता भएका युवक पाँच दिनपछि मृत फेला



फाईल फोटो
अ+ अ-

रामपुर । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् ।

रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दलबहादुर बुढाले जानकारी दिनुभयो ।

भारतको हिमाञ्चल प्रदेश कसैली घर भएका राउत रामपुर–५, बेझाडस्थित एक ट्याटु हाउसमा साथीसँग काम सिक्न आएका हुन् । शनिबारको दिन साथीसँगै नदीमा पौडी खेल्न पुगेका थिए । शव परीक्षणका लागि अहिले रामपुर अस्पताल लगिँदै छ ।