२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै



अ+ अ-

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा हिजो पक्राउ परेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज बुद्ध एयरको विमानमार्फत् काठमाडौँ ल्याउन लागिएको छ ।

उनलाई हिजो बुटवलबाट पक्राउ गरिएको थियो । उनलाई विमानमार्फत काठमाडौँ ल्याउनका लागि भैरहवास्थित विमानस्थलमा पुर्याइएको छ । तर आज विहानको मौसम खराब भएकाले ल्याउन केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।

छोरा पक्राउ परेपछि हिजो काठमाडौँ आउनका लागि विमानको टिकट काटेका टोपबहादुर रायमाझी भने अन्तिम समयमा टिकट रद्द गरेका छन् । उनी हाल कहाँ छन् भन्नेमा प्रहरीले खोजी जारी राखेको छ । हिजो अर्घाखाँचीमा भएको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँग सहभागी भएपछि उनी काठमाडौँ फर्कने कार्यक्रम थियो । तर छोरा पक्राउ परेपछि भने उनी काठमाडौँ नआइ उतै बसेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । उनलाई पेप्सीकोलाबाट बुधबार दिउँसो पक्राउ गरिएको हो । पाण्डे उपराष्ट्रपति कार्यालयमा सचिव थिए । उहाँ २०७८ साउन २७ लदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहनुभएको थियो । पक्राउ परेसँगै उहाँ निलम्बनमा पर्नुभएको छ । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिएको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पै्रहरीले मंगलबार पक्राउ गरेको थियो । प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।




भर्खरै