१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्षको बजेटका लागि सत्तारुढ गठबन्धनमा छलफल शुरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल शुरु गरेको हो ।

छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आत्रारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । उहाँले यही वैशाख २४ गते बजेट अधिवेशन आह्वान भएको र अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा सत्तारुढ दलबीच सहमति गर्ने प्रयास भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२४ गते अर्को संसद अधिवेशन बोलाइएको छ, २४ गतेको अर्को अधिवेशनमा के कुरामा गर्ने भन्नेबारेमा छलफल भयो । बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने कुरामा छलफल भयो । यसमा सरकारले एउटा आधारपत्र तयार गर्ने र बजेटका सिद्धान्त र प्राथमिकताको प्रारम्भिक छलफल गर्ने र बजेटका बारेमा पनि डेलिभरि गर्न सकिने बारेमा सम्बोधन गर्ने गरी बजेट ल्याउने बारेमा छलफल भयो । बजेट, बजेटपूर्वको छलफल, सरकारको आर्थिक नीति तर्जुमाका बारेमा छलफल भयो ।’

प्रमुख सचेतक लेखकले तत्काल गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको बताउनु भयो ।