५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेज गर्न सर्वोच्चमा रिट दर्ता



अ+ अ-

काठमाडौँ । भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ताद्वय स्वागत नेपाल र रादीका चम्लागाईंले राष्ट्रपति कार्यालय, नेपाल सरकार, संसद सचिवालय, अर्थ मन्त्रालय, कानून मन्त्रालयसमेतविरुद्ध रिट दायर गरेका हुन् ।

दर्ता भएको मुद्दा संवैधानिक इजलासबाट हेरिने अधिवक्ता नेपालले जानकारी दिए । उनका अनुसार पेशी बैशाख २७ गतेका लागि तोकिएको छ ।

‘युवा कानुन व्यवसायी साथीहरु सबैलाई निःशुल्क बहस पैरवीमा उपस्थितिका लागि अनुरोध छ । राज्यको रकम जोगाउन उल्टै आफ्नै गोजीको पैसा धरौटी जम्मा गरेर यस्ता रीट दायर गर्नपर्छ यहाँहरुलाई थाहा छँदैछ। वरिष्ठहरु धेरैजसोले बिना पैसा बहस गरिदिँदैनन् । त्यसैले युवा अधिवक्ता साथीहरूलाई आह्वान पनि गरिएको हो । युवा साथीहरुले खराबीका विरुद्ध वहस पैरवी र दायर गर्नुभएका सबैजसो मुद्दामा जनताको पक्षमा सफलता पनि मिलेको छ । तर केही वरिष्ठ ज्युहरुबाट पनि साथ मिल्ने गरेको छ । अझै पनि मिल्नेछ ।’ अभिवक्ता नेपालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।