२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानन्यायाधीश पराजुली र शंकराचार्यबीच भेट, हिन्दू राज्य बनाउन जोड



अ+ अ-

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले भारतको गोवर्धन पुरी पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी स्वामी अधोक्षजानन्द देवतीर्थ महाराजसँग भेट गर्नुभएको छ ।

पूर्वप्रधानन्यायाधीश पराजुली र पशुपति विकास कोषका सदस्य एवं संहिता शास्त्री अर्जुनप्रसाद बाँस्तोलासहित १० सदस्यीय उक्त टोलीले शंकराचार्यलाई पशुपतिनाथको चन्दन लगाइदिँदै रुद्राक्षको माला दिएको थियो ।

पूर्व प्रधानन्यायाधीश पराजुली र शंकाराचार्यबीच नेपाल–भारतको धार्मिक एवं सांस्कृतिक विषयमा चर्चा भएको पराजुलीले न्युजपोलारलाई बताउनुभयो ।

आफूले शंकराचार्यसँग नेपाल सैद्धान्तिकरुपले हिन्दू राष्ट्र भएको चर्चा गर्दै भारतलाई पनि हिन्दू राष्ट्र बनाउँदा विश्वमा सकारात्मक सन्देश जाने कुरा राखेको पूर्व प्रधानन्यायाधीश पराजुलीले जाकारी दिनुभयो ।

इसाई, मुसलमान, बौद्ध र यहुदीहरुको देश हुँदा भारत पनि हिन्दू राष्ट्र हुनुपर्ने आफूले सुझाव दिएको उहाँले बताउनुभयो ।

सो अवसरमा पराजुलीले शंकराचार्यलाई नेपाल आउन निमन्त्रणा दिनुभएको थियो ।