७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको गुनासो – हामीलाई बाइपास गरियो, दम्भ देखाए गठबन्धन टुट्न सक्छ



file
अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा आफूहरुलाई बाइपास गरिएको गुनासो गर्नुभएको छ । आज सुर्खेतको बीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मलेनमा उहाँले गठबन्धन टिकाउने भए सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रचण्डले दम्भ देखाए कुनै पनि बेला गठबन्धन टुट्न सक्ने बताउनुभयो । ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै वेवास्ता गरिएको छ, एकलौटी गर्न खोजिएको छ, गठबन्धन टिकाउने कुरा भइरहेको बेलामा हामीलाई बाइपास गरेर पीडा दिने काम भएको छ, यो ढंगले गठबन्धन अघि बढ्न सक्दैन’, उहाँले भन्नुभयो । उहाँले गठबन्धनले आफ्नो पार्टीलाई बाइपास गरेपछिको पीडा आफूले पोखेको बताउनुभयो ।

उहाँले समाज समृद्धि भए मात्रै जनता खुसी हुने भन्दै आफ्नो पार्टी समाज समृद्ध बनाउने अभियानमै लागेको बताउनुभयो । उहाँले पार्टीका सबै नेता तथा कार्यकर्तालाई सबै खाले भ्रष्टाचार र विकृतिबाट टाढा रहन निर्देशन दिएको समेत स्पष्ट पार्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएका बेलामा देश विकासका लागि महत्वपूर्ण काम गरेको बताउनुभयो ।