६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीलाई दुई साताको प्रतिबन्ध



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार टप प्लेयर लियोनल मेस्सीमाथि उनको क्लबले पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दुई साताका लागि प्रतिबन्ध लगाएको छ । पीएसजीका अनुसार मेस्सीले क्लबलाई जानकारी नदिइ दुई दिनका लागि साउदी अरब गएका थिए ।

फ्रान्सका स्पोटर्स मिडिया डेली ला इक्विपेले मंंगलबार यसको खुलासा गरेको थियो । रिपोर्ट अनुसार अबको दुई सातासम्म मेस्सीले क्लबका साथ म्याच खेल्न पाउने छैनन् । साथै उनलाई प्रशिक्षणमा पनि रोक लगाइएको छ ।

प्रतिबन्धका कारण मेस्सीले टीम ट्रायज र अजाशियोका विरुद्ध हुने दुई वटा खेल खेल्न पाउने छैनन् । जसका कारण मेस्सीको दुई साताको पारिश्रमिक पनि कटौती गरिएको छ ।