• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   सम्राट् नेपोलिअनले आत्महत्या गर्न प्रयोग गर्न खोजेका पिस्तोल रु २४.५ करोडमा लिलाम ★   पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै ★   बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता ★   एमाले सांसदहरुको एकै स्वर – प्रधानमन्त्रीले अविलम्व राजीनामा दिनुपर्ने ★   सरकार घोर अल्पमतमा पर्‍यो, प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ: सांसद गैरे ★   भारतीय टोलीका यी खेलाडीहरु जसले एक खेल पनि नखेली ५–५ करोड लिनेछन् ★   तोलामा रु चार सयले घट्यो सुनको मूल्य ★   बागमती सरकारबाट बाहिरियो एमाले ★   दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन ★   ललितपुरमा ऐतिहासिक धारा पुन:निर्माण

जापानमा स्कर्ट लगाएका महिलाको आपत्तिजनक तस्बिर खिँचे तीन वर्ष जेल



एजेन्सी । जापानमा महिलाको सुरक्षाका लागि नयाँ विधेयक संसदमा प्रस्तुत गरिएको छ । यदि यो कानून पास भयो भने जापानमा स्कर्ट वा अन्य कपडामा महिलाहरुको आपत्तिजनक तस्बिर खिचेको पाइएमा दोषी ठहरिनेछ ।
साथै उक्त व्यक्तिलाई तीन वर्ष जेल सजाय तथा लाखौँ रकम जरिवाना हुनसक्नेछ । यो कानून सार्वजनिकरुपमा आवाज उठेपछि संसदमा ल्याइएको हो ।

यो कानुन ल्याउनुको उद्देश्य अपस्कर्टिङ जस्ता महिलासँग जोडिएको अपराध रोक्नु हो । बेलायत तथा यूरोपका कैयन देशमा यसप्रकारको गतिविधिलाई बलात्कार अन्तर्गत राखिएको छ । यी देशहरुमा यसप्रकारको अपराधका लागि सजाय पनि तोकिएको छ ।

अपस्कर्टिङ भनेको के हो ?
आपराधिक मानसिकता भएका मानिसहरु छोटो कपडा लगाउने महिलाहरुको तस्बिर लिन्छन् । र, उनीहरुले ती तस्बिरहरु कुनै पोर्न साइटमा बिक्री गर्छन् वा रिभेन्ज पोर्नका रुपमा महिलाको चरित्र हत्या गर्ने प्रयास गर्छन् । यसैलाई अपस्कर्टिङ भनिन्छ ।

जापान टुडे पत्रिकाका अनुसार यसप्रकारको अपराध खासगरी भिड हुने क्षेत्रमा बढी हुने गरेको पाइन्छ । साथै थिएटर, स्टेडियम, सार्वजनिक स्थानमा बढी हुने गरेको पाइन्छ ।

जापानमा सबैभन्दा बढी मेट्रो रेलहरुमा पनि भएको पाइन्छ । यदि उक्त कानून पारित भयो भने अपराधीलाई करिब तीन लाख जापानी येन जरिवाना र तीन वर्षको कैद सजाय हुनसक्छ । उक्त कानून कार्यान्वयनका लागि जापानको मोबाइल निर्माता कम्पनीहरु अडिबल सटर साउण्ड टेक्नोलोजीको प्रयोग सुरु गरिसकेका छन् । जसमा महिलाहरुलाई उनीहरुको आसपासमा कसैले यसप्रकारको गतिविधि गरेको भए सतर्क हुनेछन् । साथै उनीहरुले घटनाबारे प्रहरीलाई रिपोर्ट गर्न सक्नेछन् ।

जापान प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसा सन् २०१० मा यसप्रकारका १ हजार ७४१ वटा उजुरी दर्ता भएका थिए । साथै सन् २०२१ मा यो संख्या ५ हजारभन्दा बढी पुगेको थियो । पछिल्लो समय ८ देखि १० हजारसम्मको संख्यामा यस्ता घटना घट्ने गरेको पाइन्छ ।