१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराएका किशोरीको खोजी गर्दा सात जनाका शव भेटिए



अ+ अ-

हेन्रीएटा (ओक्लाहोमा) । ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका किशोरी पनि ती मृतकको समूहमा भएनभएको जानकारी परीक्षणपछि मात्र ज्ञात हुने जनाएका छन् । मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन ।

चौध वर्षीया आइबी वेबस्टर र १६ वर्षकी ब्रिटनी ब्रुवर हराएकाले उनीहरूको खोजबिनका लागि सोमबार जारी गरिएको ‘खोजीको सूचना’ सोमबार अपराह्न ओक्लाहोमा राज्यमार्ग गस्तीले रद्द गरेको छ । बेवस्टर र ब्रुवरलाई यौन अपराधमा कारगारबाट छुटेका जेसी म्याकफडेनसँग यात्रामा रहेको देखिएको थियो । बलात्कारमा दोषी उनी सन् २०२० को अक्टोबरमा रिहा भएका थिए ।