५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिुनभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गर्नुभएको छ । उहाँले आगामी दिनमा हुने एसिया कपको सफलताका लागि पनि क्रिकेट टोलीलाई शुभकामनासमेत दिनुभको छ ।

उपराष्ट्रपतिले प्रशिक्षक, अफिसियल तथा खेलाडीको लगनशीलता, मेहनत र कडा परिश्रमका कारण नेपाली क्रिकेट टिमले एसिया कपमा छनोट भई ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गर्नुभएको छ । रासस