२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुवै खुट्टा नभएका हरि बुढा मगरले गरे दोस्रो पटक मेरा पिक आरोहण



अ+ अ-

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गर्नुभएको छ ।

सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गर्नुभएको हो । उहाँले गत अप्रिल १६ अप्रिल बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गर्नुभएको हो ।

दुई पटक मेरा पिक चढीसकेपछि खुशी व्यक्त गर्दै उहाँले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । घुँडा भन्दा माथिबाट दुवै खुट्टा गुमाउनुभएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा हुनुहुन्छ ।

अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाउनुभएका उहाँले शाहसिक पर्यटनमार्फत एक पछि अर्को रेकर्ड राख्दै आउनुभएको छ । कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थाल्नुभएका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्तिसमेत हुनुहुन्छ । उहाँले चुलु फार इस्ट आरोहण, हिँडेर सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गरेर किर्तिमान राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘मैले यो सुन्दर हिमालको दोस्रो पटक आरोहण गरेको हुँ । कुनैपनि दोहोरो एम्प्युटीले यो पिक आरोहण गरेको छ जस्तो मलाई लाग्दैन । आफ्नो टोली एचएस्टी एड्भेञ्चर परिवार, साथीहरू र विश्वभरका सबै समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँहरु बिना यो सम्भव हुने थिएन । मेरा पिकको दोस्रो पटकको सफल आरोहणले मलाई सगरमाथा आरोहणका लागि थप उर्जा दिएको छ ।

अहिले म मेरो आरोहण दलसँग सगमाथा आरोहणको अन्तिम चरणमा मौसमको अनुकुलताको पर्खाइमा छु । मौसमले साथ दिने बित्तिकै हामी आरोहणलाई अन्तिम नतिजा दिनेगरी तयारीमा बसेका छौं । मेरो यो अभियान आफ्नो व्यक्तिगत नभइ सिंगो नेपाल र नेपालीको लागि पनि हो । यस अभियानमा तपाईंहरू सबैले मलाइ दिनुभएको माया, प्रेम, उत्प्रेरणाले नै सफलतातर्फ अगाडि बढिरहेको छु । सबैमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाल म राम्रो अवस्थामा रहेको जानकारी गराउन चाहन्छु ।’

बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकुलता पर्खिएर सगरमाथा आधार शिविरमा बस्नुभएको छ ।

 




भर्खरै