३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहन रोकिएन भने देशमा ठुलो संकट आउन सक्छ : उप-प्रमुख यादव



अ+ अ-

महेश सिंह महतो, सिरहा । असार  मसान्त लाग्न थालेपछि मापदण्ड भन्दा बढी नदीजन्य पदार्थको दोहन हुन् लाग्दा जिल्ला समन्वय समिति सिरहाको उप-प्रमुख तथा एमाले नेता सरोज यादवले आपत्ती जनाएका छन् । 

असार नजिकिएसँगै सिरहा सप्तरी धनुषा लगायत देश भरी नदीजन्य पर्दाथको दोहन बढ्दै गएको छ । समस्या पकै नयाँ होइन तर, नियामक निकाय चिरनिद्रामा छन्।

नदीजन्य पदार्थको दोहनको नियमन गर्ने स्थानीय सरकार, प्रहरी र प्रशासन जानकार नभएका होइनन् । उनीहरूकै मौन स्वीकृतीमा नदीजन्य पदार्थको दोहन भइरहेको छ । स्थानीय सरकार खोलामा ठेक्का दिन्छन्, अनुगमन गर्दैनन् । बरु प्रहरी प्रशासनले रोकेन भनेर प्रतिक्रिया दिन्छन् । 

जिल्लाकै समग्र अनुगमन गर्ने जिल्ला समन्वय समितिले अवैध दोहन देख्दन, न सक्दा अनुगमनका प्रक्रिया अगाडि बढाएका छन् । सिरहाको दोहन हुने क्षेत्रमा प्रहरी प्रशासन अनुगमन नगएका होइनन् । तर  उनीहरू पनि दोहन रोक्न मिडियामा समाचारको प्रतीक्षा गर्छन् ।

नियमानुसार खोलाबाट पाँच सय मिटरनजिक उत्खनन गरिएका सामग्री स्टोर गर्न पाइँदैन। त्योबाहेक ठूलो मेसिन र टिपरहरूको प्रयोगमा ढुंगा, गिटी र बालुवा उत्खनन गर्न बन्देज लगाइएको छ । तर, असार १ बाट नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने भएकाले धमाधम खोलाबाट सामग्री ढुवानीमा गर्न लाग्दा जिल्ला समन्वय समिति सिरहाले कडा रुपमा दोहन रोक्न प्रस्तुत भएका छन् । दोहन न रोकिए पछी देशमा ठुलो संकट खेप्नुपर्ने उप-प्रमुख यादवले बताए।

विकासको नाममा हुने विनाशको चपेटामा निहत्था नागरिक परिरहेका छन् । सिरहाको नदि,खोलामा नदीजन्य पदार्थको उत्खननमा निर्माण व्यावसायीले गरेको चरम लापरबाहीको चौतर्फी विरोध भइरहेको छ । 

यति बेला खोलाहरूमा पनि नदीजन्य पदार्थको दोहन दैनिक बढ्दै गइरहेकोले जिल्ला समन्वय समिति सिरहाले आपत्ति जनाएका छन् । 

प्रमुख जिल्ला अधिकारी प्रबिण कणेलका अनुसार स्थानीय तहहरुले नै ठेक्कापटा लगाउनु हुन्छ। हामीले हामीले सुचनाको आधारमा रोक्ने गरेका छौं र उनीहरु कर असुलीमा लागेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख हिरा बहादुर पाण्डेका अनुसार मैले सिरहा आए लगत्तै यस्तो क्रियाकलापमा रोक लगाएको बताए।

उलंघन गर्ने ५ ट्रयाकटर ,टिपर र जेसिबी नियन्त्रणमा लिएका छौँ। प्रहरी,प्रशासनलाई मात्र दोष दिएर स्थानीय तह उम्कन नहुने बताइन्। उनले ठेक्का अनुगमन गर्ने सदुपयोग र दुरुपयोग गर्ने जिम्मा स्थानीय तहकै भएकाले आवश्यक परे प्रहरी प्रशासनलाई खबर गर्नुपर्नेमा जोड दिइन् ।




भर्खरै