२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु अछामद्वारा रक्तदान कार्यक्रम आयोजना, १३ पिन्ट रगत संकलन



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गरपछि अस्पतालमा रगतको अभाव पनि हुँदै गएको छ। कोरोनामा महामारीमा राज्यको सम्पूर्ण ध्यान केन्द्रीत हुँदा गैरकोभिड रोगहरुको उपचारका सवाल छायामा परेको छ । त्यसमाथि थप कोरोना संक्रमण गर्ने त्रासका कारण रक्तदाताहरुको संख्या उल्लेख्य मात्रामा घट्दै जाँदा अस्पतालहरुमा रगतको अभाव हुँदै गएको छ । 

स्वेच्छाले रक्तदान गर्ने व्यक्तिहरु पनि कोरोनाको डरले पछि हट्दा अस्पतालहरुमा सहज रुपमा रगत पाइँदैन । जिल्लामा रगतको अभाव हुन थालेपछि विश्व रक्तदाता दिवस अवसरमा सोमबार नेकपा एमाले समर्थित युव संघ नेपाल र अनेरास्ववियु अछामले बयलपाटा अस्पतालमा रगतदान गरेको छ्न् । 

अस्पतालमा संगठनका नेताहरू आफैले रगतदान गरेको छ्न् । युवा संघ नेपाल र  अनेरास्ववियु अछामले आयोजना गरेको रक्तदानमा १३ पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रम सहभागी नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा साँफेबगर नगर कमिटी कुलबहादुर कुँवरले अस्पतालमा अप्रेशन गरेर बच्चा जन्माउने, सुत्केरी हुँदा धेरै रगत बगेर जीवन मरणको दोसाँधमा परेकाहरुको लागि आवश्यक पर्ने रगत अभाव हुन नदिनको लागि रगतदान गरिएको बताउनु भएको छ। 

उहाँले बिपत्तिको सामानाको लागि युवाको भुमिका अझै बढी हुन आवश्यक रहेको बताउनुभयो । अहिले बिरामीका आफन्त तथा रक्तदान गर्न इच्छुकलाई मनोवैज्ञानिक प्रेरणा दिएर रगत संकलन गरिएको युव संघ नेपालका केन्द्रीय सचिव दिपकले बताउनुभयो । 

उहाँले  २५ देखि ३० पिन्ट रगत जम्मा गर्न लक्ष्य भएपनि प्रतिकुल मौसमका कारण १३ पिन्ट रगत संकलन भएको बताउनुभयो । पार्टीको समन्वयमा भातृ संगठनहरुले जनतालाई गाउँघरमा गएर औषधि देखि माक्स पनि बितरण गरिएको पनि उहाँको भनाई रहेको छ ।  

युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् अछाम अध्यक्ष हिरिण्ड कुँवरले अस्पतालमा रगतको आवश्यकता परेमा युव संघले पनि ब्लड डोनेशनका कार्यक्रम पुनः पनि आयोजना गर्ने जानकारी दिनुभयो । उहाँले जिल्लामा अस्पतालमा पनि रक्तदानको गरिने जानकारी दिनुभयो । 

कोरोना महामारी बढेसँगै अस्पतालाई रगत जुटाउन चुनौती बढकोले रगतदान गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य एवम् अछाम अध्यक्ष शंकर विष्टको भनाई रहेको छ । रक्तदान कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं ११ देबिस्थानका सचिव धुर्ब बिक, नेपाल पत्रकार महासंघका सुदुरपश्चिम् सदस्य त्पेन्द्र कुँवर,  युवा संघका केन्द्रीय सदस्य जितेन्द्र कुँवर, मुकेश सुनार,अनेरास्ववियुका केन्द्रीय सदस्य टेक बटाला, अनेरास्ववियुका जिल्ला उपाध्यक्षद्व्य भिम बडाहित, एकेन्द्र कुँवर, सहसचिव मनिश बिक, केशव कुँवर, अनु कुवर , साँफेबगर नगरपालिका सामाजिक सहजकर्ता बिक्रम आउजी, बयलपाटा अस्पतालका स्वास्थकर्मीहरु , रक्तदाता लगाएतको सहभागिता रहेको थियो।