२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीलाई बारबर्दियाको उपहार, दूध सङ्कलन केन्द्रमा अनुदान



अ+ अ-

बर्दिया । सुनौला हजार दिनका आमा तथा गर्भवतीलाई बारबर्दिया नगरपालिकाले  बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत उपहार वितरण गरेको छ । 

नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले पालिकाका विभिन्न सय जना गर्भवतीलाई उपहार वितरण गरिएको बताउनुभयो । पालिकाले उपहारस्वरुप प्रत्येक सुत्केरीलाई किटनासक झुल, घ्यु, सेनिटाइजर, मास्कलगायतको उपहार सामग्री दिएको हो  ।

 नगरका उपप्रमुख अञ्जु दहितले उनीहरुलाई पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्रीसहितको उपहार प्रदान गर्न शुरु गरेको छ । कोरोना महामारी संक्रमण फैलिने क्रममा रहिरहेका बेला गर्भवतीलाई नगरपालिकाले पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्री दिइएको बताउनुभयो । यो कार्यक्रम वडा नं। १, २, ४ र ५ मा लागु भएको छ । 
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले पोसिलो  खाना खाएमा बच्चाको दिमाग  र शरीरको वृद्धि विकास हुने बताउनुभयो ।

यसैगरी, सो नगरपालिकाले दुध संकलन केन्द्रमा दुई लाख बराबरको अनुदानको सामग्री वितरण वितरण गरेको छ । केन्द्रमा स्टपलाईजर, दराज, टेवल, कुर्सीहरु हस्तान्तरण गरिएको हो । नगरप्रमुख थारुले दुध उत्पादन किसानहरुले गर्ने त्यसको व्यवस्थापन र बजारीकरणका लागि आर्थिक रुपमा थप सहयोग नगरपालिकाले गर्ने बताउनुभयो । 

यसैगरी नगरपालिकामा शहिद विष्णु धनीको २३ औ  स्मृति दिवसका अवसरमा वृक्षरोपण कार्यक्रम भएको छ । सो अवसरमा शहिद  विष्णु प्रोख्ररेलको श्रीमती लक्ष्मी  पोख्ररेल र   धनीराम थारुको श्रीमती वुंदनी थारुको दुवैजनाले  संयुक्त रुपमा रिवन काटेर २३ औ स्मृति दिवसको अवसरमा आइसिटी ल्याब उद्घाटन  गर्नुभएको थियो ।  
रासस

सो वहुप्राविधिक शिक्षालयमा विष्णु र धनिको फोटोहरु समेत छ उहाँको विषयमा समेत पुस्तकहरु लेखिएको विषयलाई समेत विद्यार्थीरुले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ ।