• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

लेस्टर सिटी र एभर्टनले अंक बाँडे



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लेस्टरको घरेलु मैदानमा सुरुवाती अग्रता भने एभर्टनले लिएको थियो । खेलको १५ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा काग्लार सोयुन्कुले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए । ३३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । तर, ५४ औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीको नतिजासँगै लेस्टर सिटी ३४ खेलबाट ३० अंकका साथ १६ औं स्थानमा रहँदा समान खेलबाट २९ अंकका साथ एभर्टन १९ औं स्थानमा छ ।