२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएईबीचको एसिसी प्रिमियर कप फाइनल स्थगित



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि खेल आजलाई स्थगित गरिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।

मंगलबार बिहान ९ बजे युएईले १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार पनि नतिजा आउन नसकेमा सुपर ओभरबाट खेलको निर्णय लिइनेछ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन सकेन भने नेपाल एसिया कपमा पुग्नेछ ।

विश्व एकदिवसीय वरियताका आधारमा नेपाल छनोट हुनेछ । ओडीआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् ।