६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएईबीचको एसिसी प्रिमियर कप फाइनल स्थगित



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि खेल आजलाई स्थगित गरिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।

मंगलबार बिहान ९ बजे युएईले १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार पनि नतिजा आउन नसकेमा सुपर ओभरबाट खेलको निर्णय लिइनेछ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन सकेन भने नेपाल एसिया कपमा पुग्नेछ ।

विश्व एकदिवसीय वरियताका आधारमा नेपाल छनोट हुनेछ । ओडीआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् ।