• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आईपीएलमा आज लखनउ र बैंगलोर भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको खेलमा आज लखनउ सुपर जाइन्ट्स (एलएसजी) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुँदैछ । खेल लखनउको एकना क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

लखनउ र बैंगलोर पहिलो पटक एकना मैदानमा आमनेसामने हुँदैछन् । दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् । यसअघि दुई टोली सिजनको १५औं खेलमा आमनेसामने भएका थिए जसमा लखनउ एक विकेटले विजयी भएको थियो ।

फास्ट बलर मार्क वुडको अनुपस्थितिमा लखनउको बलिङ आक्रमण कमजोर भएको छ । वुडले अप्रिल १५ यता एक खेल खेलेका छैनन् र टोलीले उसको चाँडो फर्किने आशा गरिरहेको छ । तीन खेल नखेले पनि वुडले सबैभन्दा धेरै विकेट लिएका छन् ।

लखनउले यो सिजन अहिलेसम्म आठ खेल खेलेको छ । जसमा उसले पाँच जित र तीन खेलमा हार बेहोरेको छ । एलएसजीको अहिले १० अंक छ । लखनउले आफ्नो अन्तिम खेलमा पञ्जावलाई हराएको थियो। बैंगलोरविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा काइल मेयर्स, मार्कस स्टोइनिस, निकोलस पूरन र नवीन उल हक हुन सक्छन् । यी बाहेक केएल राहुल, रवि बिश्नोई र आवेश खान जस्ता भारतीय खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

बैंगलोरले यो सिजन अहिलेसम्म खेलेका ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ । टोलीको ८ अंक छ । बैगलोर आफ्नो अन्तिम खेलमा कोलकातासँग पराजित भएको थियो । लखनउविरुद्धको टोलीमा फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र डेभिड विली ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक विराट कोहली, मोहम्मद सिराज र हर्षल पटेल जस्ता भारतीय खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

लखनउको यो दोस्रो सिजन हो । हेड टु हेडको कुरा गर्ने हो भने बैंगलोर लखनउमा भारी भएको छ । यी दुई टोलीबीच अहिलेसम्म कुल तीन खेल खेलिएका छन् जसमा बैंगलोरले दुई पटक र लखनउले एक पटक जित हात पारेको छ ।

एकना क्रिकेट स्टेडियमको पिच फास्ट बलरका लागि एकदमै अनुकूल छ । यो पिचले पहिलो इनिङ्सको सुरुमा ब्याट्सम्यानलाई पनि धेरै मद्दत गर्छ । यो पिचमा सुरुवाती ओभरमा ठूला सट खेल्न ब्याट्सम्यानलाई सजिलो हुन्छ । सोमबार लखनउमा मौसम राम्रो हुनेछैन । बादल लाग्नेछ, वर्षाको सम्भावना छ । तापक्रम २० देखि २७ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुवै टिमका सम्भावित सुरुवाती–११
लखनऊ सुपर जायन्ट्सः केएल राहुल (कप्तान), काइल मेयर्स, दीपक हुडा, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पूरन (विकेटकीपर), आयुष बडोनी, नवीन–उल–हक, यश ठाकुर, आवेश खान र रवि बिश्नोई ।

रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकिपर), सुयश प्रभुदेसाई, वानिन्दु हसरंगा, विजयकुमार वैशाख, मोहम्मद सिराज, डेभिड विली र हर्षल पटेल ।

अंकतालिकाः