२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई प्रधानमन्त्रीको आग्रह- सरकारमा आउनुहोस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।

आज विहान चितवनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री दाहालले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गर्दै भ्रष्टाचारको जुनसुकै फाइल खोल्न पनि आफू तयार रहेको बताउनुभयो ।

‘तपाईं सरकारमा आउनुहोस्, म भ्रष्टाचारको कुन फाइल खोल्नुपर्ने हो त्यसका लागि तयार छु’, सरकारमा सहभागी हुन लामिछानेलाई आग्रह गर्दै उहाँले भन्नुभयो ।

सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्नका लागि पार्टी कार्यालय बसुन्धरामा रावस्पाले बैठक बोलाएको छ । यसअघि हिजो विहान भेटमा पनि प्रधानमन्त्री दाहालले सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारको फाइल खोल्ने विषय उल्लेख नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले सरकारमा सहभागी भए न्यूनतम साझा कार्यक्रम पुर्नलेखन पनि गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ ।

सभापति लामिछानेले हिजोको भेटमा प्रधानमन्त्री दाहाल समक्ष सरकारमा सहभागी भए आफूले पहिले पाएका मन्त्रालयबारे के हुन्छ भन्ने प्रश्न समेत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले आज पत्रकारसँगको कुराकानीमा सरकार पाँच वर्ष नै टिक्ने भन्दै पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक नभएको बताउनुभएको छ ।