२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस जितेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र बेञ्चमा



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर लिगको फाइनल खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केही बेर अघि नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

आजको खेलमा पछिल्ला केही खेलयता राम्रो प्रदर्शन गर्न नसकेका दीपेन्द्र सिंह ऐरीलाई बेञ्चमा राखिएको छ भने उनको स्थानमा गुलशन झालाई समावेश गरिएको छ । आजको खेलमा विजयी भए नेपाल एसिया कपका लागि छनोट हुनेछ ।

आजको खेलको विजेताले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा पर्नेछ । समूह ए मा भारत र पाकिस्तानसँगै आजको खेलको विजेता रहनेछ । साथै समूह बीमा बंगलादेश, श्रीलंका र अफगानि आजको खेल पानीका कारण अवरुद्ध भए रिजर्भ डे अन्तर्गत भोलि खेल खेलाइनेछ । यदि भोलि पनि वर्षाका कारण नतिजा नआए दुई वटा सुपर ओभर खेलाइनेछ । सुपर ओभरबाट पनि नतिजा नआएमा वरियताका आधारमा नेपाल एसिया कपमा स्वतः छनोट हुनेछ ।

यसअघि शनिबार भएको सेमिफाइनलमा नेपाल र कुबेतको खेल वर्षाका कारण रद्द भएपछि समूह चरणमा विजेताका रुपमा नेपाल फाइनलमा पुगेको हो भने यूएईले डिएल पद्धतिका आधारमा ओमानलाई दुई रनले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।