• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

महावीर पुनको आन्दोलनमा एमालेको ऐक्यबद्धता



काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

संस्थापक पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन् । वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तन लागि सरकारले कोष स्थापना गर्नुपर्नेलगायतका मागसहित पुन माइतीघरमा धर्नामा बसेका हुन् ।

आइतबार दिउँसो धर्नास्थल पुगेर एमाले प्रमुख सचेतक पदम गिरीले पुनले राखेका मागहरूप्रति एमालेको ऐक्यबद्धता रहेको बताए ।

‘पुनले उठाउनुभएको मागप्रति एमालेका ७९ जना सांसदको ऐक्यबद्धता रहेको छ’, गिरीले भने ।

यसअघि विभिन्न दलका नेताहरु पनि माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका छन् ।