२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्दै निकुञ्जको घाँसे मैदान



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो ।

सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव ६१ प्रतिशतमा सीमित भएको छ । उहाँका अनुसार बासस्थान संरक्षण र व्यवस्थापनका लागि कम्तीमा १० प्रतिशत घाँसे मैदान आवश्यक पर्दछ ।

निकुञ्जले घाँसे मैदान व्यवस्थापन अन्तर्गत जरासहित रुख उखेल्ने, झारपात सफा गर्ने, अग्लो घाँस ढड्डी काट्ने, नियन्त्रित आगो लगाउने, स–साना पोथ्रा हटाउने, रुखको मुना हटाउने र मिचाहा प्रजाति नियन्त्रण गरी हटाउने जस्ता कार्यक्रम गर्ने गरेको छ ।

निकुञ्जले पुराना घाँसे मैदानको व्यवस्थापन र नयाँ घाँसे मैदान निर्माण गर्दै आएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७६र७७ मा रु तीन करोड १० लाख बजेटमा छ सय हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । सोही वर्ष रु २८ लाख ९९ हजार बजेटमा ५७ दशमलव ७९ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको थियो ।

यसैगरी आव २०७७र७८ मा रु तीन करोड ५० लाख बजेटमा सात सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण गरिएको थियो भने सोही वर्ष रु ९९ लाख ५७ हजार बजेटमा चार सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा रु २५ लाख बजेटमा ५० हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गरिएको थियो भने रु ३८ लाख ३५ हजार मा ३०८ हेक्टर पुरानो घाँसे मैदान व्यवस्थापन गरिएको छ । चालु आवमा रु २५ लाख बजेटमा ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिएको र भने रु ३३ लाख ३७ हजार मा दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ ।

गैंँडालगायतका बाघको आहारा प्रजातिका जनावरका लागि घाँसे मैदान महत्वपूर्ण मानिन्छ । यसका साथै पानीको स्रोतको पनि व्यवस्थापन महत्वपूर्ण छ । निकुञ्जभित्र करिब ११० वटा साना ठूला ताल, घोल र पोखरी छन् ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ वटा गैँडा, एक सय २८ वटा बाँघ र ९९ दशमलव सात प्रति वर्गकिलोमिटर क्षेत्रफलमा आहारा प्रजातिको बासस्थान छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल बढाउँदै जानुपर्ने भए पनि पर्याप्त बजेटको अभावमा घाँसे मैदान बढाउन नसकिएको तिवारीको भनाइ छ । रासस