२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता

महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ ।

आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीको धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको हो । त्यस अवसरमा उहाँले देशका लागि सुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशबासीलाई अपिल गर्नु भयो । अध्यक्ष लिङदेनले सो आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नु भयो ।

उहाँले सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्नेगरी आन्दोलनको आँधिबेहरी सृजना गर्न पनि सिंगो देशबासीलाई आग्रह गर्नु भयो । अध्यक्ष लिङदेनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘सरकार पक्षका मानिसहरुले आएर केही भ्रमपूर्ण कुराहरु पनि गरेजस्तो मैले बुझन पाए । यो त संसदले गर्नुपर्ने हो । मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो । यो काम एउटा प्रधानमन्त्रीले आएर भन्यो भने पुग्छ । संसदमा लैजानुपर्ने विषयहरु छैनन यसमा । सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसदमा ल्याओस् हामी भोली पास गर्न तयार छौं । सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस् । नयाँ ऐन बनाउनुपर्ने हो भने त्यो पनि प्रस्ताव लिएर आओस् । त्यसलाई पारित गर्न हामी तयार छौं । कुनै पनि ठूलो कुरा छैन ।

म फेरी पनि भन्छु–सरकारले ढिलो नगरोस् । यो लाजमर्दो स्थिति पालेर नराखोस् । यो लाजमर्दो स्थिति हो । देशका लागि बेइज्जतीको कुरा हो । सरकारले ध्यान दिनुपर्ने कुरा एउटा बैज्ञानिकले, एउटा व्यक्तिले अगाडि बढाईराखेको छ । र, पनि सरकारले यहाँ धर्ना सुरु भएको ७२ घण्टा भईसक्दा पनि सरकार नदेखेजस्तो गरेर बसेको छ । म फेरी पनि भन्छु–एक छिन पनि ढिला नगरोस् यो कामको लागि । र, जबसम्म सरकार कान खोल्दैन, आँखा खोल्दैन । र, यो निर्णयमा सहमत हुन आउँदैन । तबसम्म म फेरी पनि सम्पूर्ण देशबासीहरुसँग अपिल गर्न चाहन्छु–यो एउटा पार्टीको कुरा होइन, एउटा व्यक्तिको कुरा होइन । यो देशको कुरा हो । हामी सबैले ऐक्यवद्धता व्यक्त गरौं । देशभरबाट यो सामाजिक आन्दोलनलाई साथ दिऊ । र, आँधिबेहरी सृजना गरेर यो सरकारलाई झुकाएर यो हाम्रो देशको भविष्य र हाम्रो सन्ततिको भविष्यको बारेमा हामी एक होऊ भन्ने कुरा आग्रह गर्न चाहन्छु । र, यसमा हाम्रो पार्टीको पूर्ण साथ, सहयोग र ऐक्यवद्धता रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले देशको भविष्य र सन्ततिको भविष्यका लागि एक बैज्ञानिक पुनले राख्नु भएको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिनु भयो । त्यस अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गर्नु भयो । उहाँले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफूहरुले सो आन्दोलन गर्नु परेको पनि पटकपटक दोहो¥याउनु भयो । पुनले भन्नु भयो, ‘पहिलो कुरा यो अनुसन्धान, नवप्रवद्र्धन र आविष्कार भन्ने जुन छ । यो जुन आन्दोलन चलिराखेको छ । यो के का लागि भन्दाखेरी यो बाटोमा बस्नका लागि होइन । रमाईलो गर्नका लागि होइन । यो चाँही देशको अर्थतन्त्र सुधार्नका लागि चालिएको कदम हो । अव भन्नु होला–यो आविष्कार, अनुसन्धान र नवप्रर्वतनको काम नभएको देशको अर्थतन्त्रमा सुधार नभएको हो । शान्ति नआएको हो । अशान्ति भएपछि देशमा के–के हुन्छ ? त्यो भन्न सकिदैन । अनुन्धान, नवप्रवर्तन र आविष्कार भन्ने यो तीन वटा शब्द भनेको के हो भने अर्थतन्त्र सुधार्ने बीउ हो । बीउ नभईकन केही पनि उम्रदैन संसारमा । बीच चाहिन्छ । र, यो बीउ रोपिएन भने अर्थतन्त्र सुध्रिदैन ।’

केन्द्रका संस्थापक पुनको अगुवाईमा सुरु भएको सो आन्दोलनमा वरिष्ठ चिकित्सक गोविन्द केसीलगायतले पनि आजै ऐक्यवद्धता जनाउनु भएको छ ।