२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

चन्द्रागिरिका मेयरलाई कार्यलयमा रित्तो गाग्रोबाट स्वागत (फोटो फिचर)

चन्द्रागिरिका मेयरलाई कार्यलयमा रित्तो गाग्रोबाट स्वागत (फोटो फिचर)
अ अ+ अ-

काठमाडौँ । प्राय घरको मूल ढोका अगाडि भरिएको गाग्रो राख्ने गरिन्छ तर चन्द्रागिरि नगरपालिकाका १२ नम्बर वडाका स्थानीयवासीले खानेपानीको
उचित व्यवस्थापन नभएको भन्दै कार्यालय परिसरदेखि मेयर घनश्याम गिरीको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर विरोध जनाएका छन् ।

नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा करिब एक हजार ६७ घर परिवार रहेको र पानी नआएपछि वाध्य भएर विरोधमा उत्रिनुपरेको स्थानीयवासी पूर्ण तण्डुकारले न्यूजपोलारलाई बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रागिरि नगरपालिकामा १५ ओटा वडा छन्, कहीँ २०० रुपैयाँको सदस्यता लिएपछि वर्षभरि मनग्य पानी आउँछ तर १२ नम्बर वडालाई भने पूरै उपेक्षा भयो ।”

एकीकृत खानेपानी ऐन पारित गर्दै सबै वडामा समानुपातिक रुपमा पानी वितरण गर्न पटक पटक आग्रह गरेपनि मेयरले नसुनेको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “मेयरसावको यो दोस्रो कार्यकाल हो, अघिल्लो कार्यकालमा पनि निकै पहल गरेका थियौँ तर सुनुवाइ भएन ,यस पटक पनि उस्तै छ अवस्था ।” वडा नम्बर १२ स्थानीयवासीले मातातीर्थका एक व्यक्तिसँग ३० महिनाका लागि रु ८० लाखमा पानी खरिद गरेपनि बेला बेलामा पानी वितरण नगरेको भन्दै तण्डुकारले भन्नुभयो, “पानीको हाहाकार भएपछि रित्तो गाग्रीसहित प्रर्दशनमा उत्रिनु पर्यो ।”

वडा नं ४का अध्यक्ष एबं नगरपालीकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको बताउनुभयो । “हामीले अर्को बोरिङ खन्न र पानी वितरण गर्न प्रक्रिया अघि बढाइसकेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासीहरुसँग हामीले गरेका प्रयासबारे छलफल गरेका छौँ।”तण्डुकारले भन्नुभयो, “मेयरसँग भेट भएन, प्रमुख प्रशासकीय अधिकृतको भनाइबाट हामी सन्तुष्ट हुन सकेनौँ ।”