• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

एसीसी प्रिमियर कप: कुवेत १३० रनमा अलआउट



काठमाडौं । काठमाडौंमा जारी रहेको एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि कुवेत र ओमान भिड्दैछन् । जारी खेलमा कुवेतले ओमानलाई जितको लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ३० रन  बनायो ।

कुवेतका लागि ओपनर आदनान इद्रिसले ४८ बलमा सर्वाधिक ३४ रन बनाउँदा सईद मुनिबले १० बलमा २८ रन बनाए । यासिन पटेलले १७ रन जोड्दा राजिब सान्दारुवान र कप्तान मोहम्मद अस्लामले समान १२/१२ रन थपे ।

ओमानका लागि जय ओडिडराले ५ दशमलब ३ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए । यस्तै, बिलाल खानले २ तथा आयान खान,जिशान मक्शुद र जतिन्दर सिंहले समान १र१ विकेट लिए ।

आजको खेलको विजेता टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छ । प्रिमियर कपका फाईनलमा पुगेका नेपाल र युएई भने इमर्जिङ कपमा छनोट भइसकेका छन् ।