५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामविरुद्ध क्रिस्टल प्यालेस ४–३ ले विजयी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेसले रोमाञ्चक जित निकालेको छ ।

शनिबार सम्पन्न खेलमा प्यालेसले वेस्टहाम युनाइटेडलाई ४–३ गोलले पराजित गरेको हो ।

प्यालेसको घरेल मैदानमा सुरुवाती अग्रता भने वेस्टहामले लिएको थियो । खेलको नवौं मिनेटमा टोमास सोसेकले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा जोर्डन एइउले गोल गर्दै प्यालेसलाई १–१ को बराबरीमा ल्याए ।

२० औं मिनेटमा विल्फ्रेड जाहाको गोलबाट प्यालेस २–१ ले अघि बढ्यो । ३० औं मिनेटमा जेफरी स्क्लुपले गोल गर्दै प्यालेसलाई ३–१ ले अगाडि बढाए । ३५ औं मिनेटमा मिसेल एन्टोनीओले गोल गर्दै वेस्टहामलाई २–३ को स्थितीमा ल्याए ।

६६ औं मिनेटमा एव्रेची एजेले पेनाल्टीमा गोल गर्दा प्यालेस ४–२ को अवस्थामा आयो । ७२ औं मिनेटमा नायफ अग्वेर्डले गोल गरेपनि वेस्टहामको हार टार्न सकेनन् । वेस्टहाम ३–४ ले पराजित भयो ।

योसँगै प्यालेस ३४ खेलबाट ४० अंकका साथ ११ औं स्थानमा रहेको छ । वेस्टहाम ३३ खेलबाट ३४ अंकका साथ १५ औं स्थानमा छ ।