३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा क्रिकेटको क्रेज -फोटो फिचर



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सनिबार दर्शकको खचाखच उपस्थिती थियो । घरेलु टोली नेपाललाई साथ र समर्थन दिन उल्लेख्य रुपमा दर्शक उपस्थित भएका हुन् ।

नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तरगत नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल हेर्न उल्लेख्य रुपमा दर्शक उपस्थित भएका हुन् । सो खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो ।

जितका लागि दुई सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले आठ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । वर्षाका कारण सुपरओभर पनि हुन सकेन र नेपाल समूह विजेताका आधारमा फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल खेलेका थिए ।

कुवेतका ओपनर आदनान इद्रिस शून्यमा बाहिरए भने रविजा सनदरुवानले नौ रन बनाए । परविन्दर कुमार एक, मित भावसार पाँच र मोहम्मद अस्लाम १४ रनमा आउट भए । नेपालका करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रनका बनाए । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक–एक विकेट लिए । त्यसअघि ५० ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो ।

अब नेपालले फाइनलमा युएईसँग खेल्नेछ । युएईले ओमानलाई डिएल पद्धतिका आधारमा दुई रनले पराजित गर्दै विजयी भएको हो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि भोलि खेल्नेछन् ।

फोटो- क्यान