२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध



अ+ अ-

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देही खण्डमा सडक भासिँदा यातायात अवरुद्ध हुन पुगेको छ ।

बुटवल–देवदह सडक खण्डमा पर्ने चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएको हो । 

मध्यान्ह साढे १२ बजेदेखि सडक अवरुद्ध भएको बताइएको छ । सडक भासिएपछि गन्तव्यमा हिंडेका सवारी साधन दुवैतर्फ अलपत्र परेका छन् ।

राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोरदोहोर गर्न डाइभर्सन बनाइएको थियो ।