२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियुमा फेरि वर्षा, खेल अनिश्चत



अ+ अ-

काठमाडौं । टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै नेपाल र कुवेतबीचको खेल पुनः रोकिएको छ ।

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेललाई ४५ ओभरमा झारिएको थियो । खेल १२ः १५ देखी सुरु भनिएको थियो तर पुन वर्षा भएपछि खेल अनिश्चत भएको छ ।

फेरि वर्षा भएपछि पिच कभरले ढाकिएको छ । यदि खेल हुन नसकेको खण्डमा सुपर ओभर हुनेछ । सुपर ओभर पनि हुन नसके नेपाल समूह विजेताको कारण फाइनलमा पुग्नेछ ।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको छ । नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् ।रोहितले ४० बलमा २ चौकासहित ३० रन बनाएका छन् भने कुशलले ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाएका छन् । चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् ।