६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कपः बर्षा बाधक बन्दा खेल रोकियो



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी सेमिफाइनल खेल बर्षाको कारणले गर्दा रोकिएको छ ।

टियू मैदानमा जारी खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको थियो । तर बर्षा बाधक बनेपछि खेल रोकिएको छ ।

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् ।रोहितले ४० बलमा २ चौकासहित ३० रन बनाएका छन् भने कुशलले ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाएका छन् । चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् ।

नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाएको छ ।