२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कुवेतले पहिला फिल्डिङ रोजेको हो ।

सेमिफाइनल खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झा लाई बेन्चमा राख्दै तीव्र गतिका बलर करण केसीलाई प्लेइङ ११मा समावेश गरेको छ ।

आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख मैदानमा उत्रिसकेका छन् ।

मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा यूएईविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालको प्लेइङ ११ः

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी