४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

नेपालले फाइनलमा पुग्न कुवेतसँग खेल्दैः यस्तो छ आजको मौसम अनि हेड टु हेड

नेपालले फाइनलमा पुग्न कुवेतसँग खेल्दैः यस्तो छ आजको मौसम अनि हेड टु हेड
अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज नेपालले कुवेतसँग खेल्दैछ ।खेल किर्तिपूरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

नेपाल आजको खेलमा कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । मुलपानी मैदानमा भएको उक्त खेलमा कुवेतले २ सय ७२ रन बनाएको थियो । कुवेत पनि घरेलु टोली नेपाललाई स्तब्ध पार्दै फाइनलमा जान चाहन्छ।

यस्तै, मुलपानी मैदानमा आजकै दोस्रो सेमिफाइनल खेलमा युएई र ओमानबीच प्रतिस्पर्धा हुदैछ । योसँगै मुलपानीले ओडिआईमा मान्यता पाउनेछ र विश्वको २ सय १६ औं ओडिआई मैदान बन्नेछ ।

नेपालले आजको टोलीमा एक परिवर्तन गर्ने सम्भावना देखिएको छ। कतारविरुद्ध विश्राम दिएका तीव्र गतिका बलर करण केसी टोलीमा फर्किने उच्च सम्भावना देखिन्छ । करण टिममा फर्कदा गुलशन झा बेन्चमा बस्न सक्छन् । ज्ञानेन्द्र मल्ल र प्रतिश जि.सी आज पनि बेन्चमा बस्ने सम्भावना छ ।

नेपालको ब्याटिङलाई अलि कमजोर मानिएको छ । त्यसैले सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपालका भीम सार्की, रोहित पौडेल र कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उता, स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । उनले नेपललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अन्तिम खेलमा कतारलाई हराउन सन्दीपले ४२ रन बनाउनुको साथै ५ विकेट लिएर अलराउण्डरको भुमिका निभाएका थिए । उनलाई ललितनारायण राजवंशीले साथ दिनेछन् । करण र सोमपालबाट पनि नेपाल पावर प्लेमा उत्कृष्ट सुरुवात चाहन्छ ।

उता कुवेत तुलनात्मक रुपमा बलिङ र फिल्डिङ कमजोर रहेपनि ब्याटिङमा भने सानदार प्रदर्शन गर्दै आएको छ । ब्याटिङ नै कुवेतको प्रमुख हतियार रहेको छ । अन्तिम खेलमा कुवेतले हङकङविरुद्ध २ सय ७२ रन बनाउँदै जितको आधार तय गरेको थियो ।ओपनर आदनान इद्रिसले, सैयद मोनिबर, मित भावसार कुवेतका भरपर्दो ब्याटर हन् ।

हेड टु हेडः

नेपालले कुवेतसँग पछिल्लो पटक २०१२ मा खेलेको थियो । एसिसी इलिट ट्रफीमा नेपाल कुवेतसँग ४ विकेटले पराजित हुन पुगेको थियो ।
पारस खड्का १ सय ६ र ज्ञानेन्द्र मल्लले ५३ रन बनाउदै कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । कुवेतले उक्त लक्ष्य ४६.२ ओभरमै पुरा गरेको थियो । नेपालले कुवेतसँग टि२० विश्वकप छनोट २०१९ मा पनि खेलेको थियो ।

आजको मौसमः

आज काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको छ । यदि वर्षाको कारण नतिजा नभएमा खेल सुपर ओभरमा जानेछ। सुपर ओभर पनि नतिजा नआए नेपाल र युएई समूह विजेताको रुपमा फाइनलमा स्थान बनाउनेछन् ।

कुवेतको सम्भाबित टोली:

मोहम्मद अस्लाम (कप्तान), आदनान इद्रिस, सैयद मोनिब, उस्मान पटेल, बिलाल ताहिर, मोहम्मद अमिन, रजिवा संदरुवान, मित भावसार, शिराज खान, परविन्दर कुमार, यसिन इशक पटेल, क्लिन्टो एन्टो, शाहरुख कुद्दुस र इलियास अहमद ।

नेपालको सम्भाबित टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र ललित राजवंशी ।