२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद लक्ष्मी महतो कोइरीको विषय लिएर संसदमा चर्काचर्की, बैठक ३० मिनेटका लागि स्थगन



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ ।

बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका हुन् ।

सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० बैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराउनुभएको थियो । सभामुखको कुरालाई बिरोध जनाउदै सांसदहरुले संसद अवरोध गरेका थिए भने बैठक ३० मिनेटको लागि स्थगन समेत भएको थियो ।

बिरोध जनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताउनु भयो । उहाँले कोइरी बिरामी भएर अनुपस्थित भएको भन्ने शब्द नै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । संसदले झुटो कुरा गर्नु नहुने उहाँको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताउनु भयो । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उहाँले बिरामी भन्न नहुने बताउनु भयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताउनु भयो ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले एमाले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताउनु भयो । उहाँले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताउनु भयो । उहाँले ज्यानमारालाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताउनु भयो ।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्नु नहुने र फरार अभियुक्तकै रुपमा लिनुपर्ने बताउनु भयो ।

सभामुख देवराज घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफुकहाँ नआएको बताउनु भयो । आफूले प्राप्त गरेको पत्र अनुसार बिरामी भएको सूचना सुनाइएको उहाँको भनाई छ ।

सभामुखले आगामी दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानून बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरुलाई पटक–पटक संसदको अवरोध खोल्न आग्रह गर्नुभएको थियो । सांसदहरु सभामुखको कुरा मान्न तयार नभएपछि संसद बैठक ३० मिनेटको लागि स्थगन भएको छ ।