• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ?

सुजल र आरुषीले जिते स्वर्ण



काठमाडौँ । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेस प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशील ओलीले कास्य जिते । आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेन्ड समय लगाइन् । बागमतीका दिना गोपालीले रजत जितिन् भने स्वागता खाइजुले कास्य हात पारे ।

छात्र एक हजार पाँच सय मिटर दौड ४ मिनेट २२.८ सेकेन्डमा सकाउँदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारे । गण्डकीका बादल कार्की दोस्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेस्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो बनिन् । लुम्बिनीकी मोतिकला डाँगी दोस्रो तथा कोशी प्रदेशकी निला जिमी तेस्रो भए ।

छात्र हाई जम्पमा बागमतीका नवीन खत्री पहिलो भए । उनले १.६८ मिटर उचाइ नाघे । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाइ नाघेकी गण्डकीकी सीमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कास्य प्राप्त गरे । तीनदिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेशका एक सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।




भर्खरै