२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
 
यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सोही दिनबाट सभामा छलफल शुरु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशसभाका सदस्यहरुले भाग लिँदै आफ्नो सुझाव दिएका थिए ।

सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको जवाफ आज प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा दिनुभएको थियो । प्रदेशसभा सदस्यहरुको जिज्ञासाहरुको जवाफ दिएपछि मुख्यमन्त्री शाहीले आगामी आव २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभामा प्रस्ताव पेश गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।