२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीको दाह्रा जस्तो देखिने वस्तुसहित ३ व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले हात्तीको दाह्रा जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ–१६ माछापोखरीस्थित अवैधरुपमा हात्तीको दाह्रा जस्तो देखिने वस्तु ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक ममण्डन देवपुर गाउँपालिका–८ घर भई काठमाडौँ– ९ मनमैजु बस्ने २२ वर्षीय रुपेश कुँवर, गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ–९ मनमैजु बस्ने २० वर्षीय सबिन गुरुङ र धाद्धिङ निलकण्ठ नगरपालिका–११ घर भई काठमाडौँ–९ मनमैजु बस्ने ५२ वर्षीय ओमनारायण श्रेष्ठ रहेका छन् ।

टोलीले शंकास्पद व्यक्तिहरुको निगरानी गर्ने क्रममा शंकास्पद अवस्थामा फेला परेका व्यक्तिहरुको शरीर तथा झोला रीतपुर्वक खानतलसी गर्ने क्रममा निजहरुले बोकेको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा हात्तीको दाह्रा जस्तो देखिने वस्तु दुई थान फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा पक्राउ परेका व्यक्तिहरु उपर ओखेटोपहार ९हात्तीको दाह्रा० ओसारपसारसम्बन्धी कसूरमा प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।