एजेन्सी । युरो २०२० को समूह चरणको खेलमा फ्रान्ससँग जर्मनी पराजित भएको छ ।
मंगलबार राति जर्मनीको एलियान्ज एरेना मैदानमा भएको खेलमा फ्रान्सले १-० गोल अन्तरले जर्मनीलाई हराएको हो ।
खेलको २० औं मिनेटमा जर्मनीका म्याट्स हमल्सले गरेको गोल नै फ्रान्सका लागि निर्णायक गोल हुन पुग्यो ।
समूह एफमा रहेको फ्रान्सले जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ । यस्तै समूह एफ कै अर्को खेलमा साविक विजेता पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गर्दै ३ अंक बटुलेको छ ।