२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा टोटेनहमसँग बराबरीमा रोकियो युनाइटेड



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति टोटेनहमको मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । खेलको ७ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

५६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै टोटेनहमलाई १-२ गोलको स्थितीमा ल्याए । ७९ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई २-२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यो नतिजासँगै युनाइटेड ३१ खेलबाट ६० अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने ३३ खेलबाट ५४ अंकका साथ टोटेनहम पाँचौं स्थानमा छ ।